Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पानी परेपछि नेपाल र श्रीलंकाको खेलमा ढिलाइ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३० २०८१
  • 1.8K
    SHARES

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो खेल टेस्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिलाइ भएको छ ।

वर्षाका कारण टस पनि हुन सकेको छैन । यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो । मैदान सफा भएपछि टस हुने आईसीसीले जनाएको छ ।

समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्र एवम् विश्वकपको विजेतासमेत रहेको श्रीलंकालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ ।

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । श्रीलंका तेस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ । टेस्ट राष्ट्र श्रीलंकासँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र र नेदरल्यान्ड्स छन् । तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । दुई अंक जोडेका बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंका अंकबिहीन छन् ।

नेपालले तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४