Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न खेलकुद मन्त्रालयलाई राखेपको अनुरोध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १९ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति र र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्नका लागि युवा तथा खेलकुद मन्त्रायमा अनुरोध गरेको छ ।

राखेपले दशौं राष्ट्रिय र प्रथम पारा खेलकुदको मिति तोक्न मन्त्रालयलाई अनुरोध गरेको हो ।

गत वर्ष गण्डकी प्रदेशमा आयोजजा भएको नवौं राष्ट्रिय खेलकुदको दौरान भएको राखेपको ११५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरेको थियो ।

वृहत राष्ट्रिय खेलकुद चक्रिए प्रणाली अनुसार हरेक दुई-दुई वर्षमा आयोजना हुने व्यवस्था छ ।

यस्तै राखेपले राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् फरक क्षमता भएका खेलाडीहरुको पारा खेलकुद आयोजना गरिने प्रचलन पनि रहेकोले प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता–०८१ समेत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका दिन २०८१ साल मंसिर १८ देखि २१ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्नका लागि मिति तोक्न पनि अनुरोध गरेको छ ।

राखेपले दुई राष्ट्रिय प्रतियोगिताका लागि नियमानुसार आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ साल असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४