Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि यही फागुन २९ गते निर्वाचन हुने भएको छ । आगामी सोमबार उम्मेद्वारी दर्ता हुनेछ भने मतदान फागुन २९ गते मङ्गलबार हुनेछ ।

दलका नेता, प्रमुख सचेतक, कार्य व्यवस्था तथा परामर्श समितिमा सदस्यसँग भएको छलफलमा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिनुभयो । अर्यालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यहरुको उपस्थिति थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।

यस्तै दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । सम्भावित कार्यतालिकालाई प्रभावित नगरी कामकारवाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने उहाँले बताउनुभयो ।

आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यव्रmम घोषणा हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४