Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ यू-१६ महिला च्याम्पियनसिप : नेपाल र भारतको खेल सेमिफाइनल जस्तै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २४ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ ।

यस खेलमा विजयी हुने फाइनल पुग्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ । त्यसैले घरेलु मैदानमा फाइनल खेल्ने लक्ष्य राखेको नेपालले त्यसका लागि यो खेल जित्नैपर्नेछ ।

दुई खेलबाट नेपाल र भारतको समान तीन अंक छ । दुवैले भुटानलाई पराजित गरेका थिए भने बंगलादेशसँग पराजित भएका थिए ।

नेपाल पहिलो खेलमै बंगलादेशसँग २-० ले पराजित भएको थियो भने त्यसपछि भुटानलाई ३-० ले पराजित गरेको थियो ।

उता भुटानलाई पहिलो खेलमा ७-० ले हराएर सानदार सुरुवात गरेको भारत भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भयो । लगातार दुई खेल जितेको बंगलादेशले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । यस्तै लगातार दुई खेल हारेको भुटान भने फाइनल होडबाट बाहिरिसकेको छ ।

बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । भुटान अंकविहीन हुँदै पुछारमा छ । बंगलादेश र भुटानबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ । त्यसअघि नै बंगलादेशसँग फाइनल खेल्ने अर्को टोलीको टुंगो भने आजै लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४