Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्यटनमन्त्री किराँतीको देउवालक्षित टिप्पणी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १८ २०८०
  • 4.8K
    SHARES

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालक्षित अमर्यादित टिप्पणी गर्नुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघ, नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा सात पटकसम्म प्रधानमन्त्री हुनेकुरा चिनामै लेखिसकेको भन्दै अमर्यादित टिप्पणी गर्नुभएको हो । सार्वजनिक कार्यक्रममै मन्त्रीले पूर्वप्रधानमन्त्री लक्षित भद्दा टिप्पणी गर्नु आफैँमा अशोभनीय हो । तर नेपाली राजनीति वृत्तमा यस प्रकारका घटनाक्रमलाई सामान्य रुपमा लिने गरिन्छ ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले वायुसेवा सञ्चालक संघ, नेपालमा क्याप्टेन रामेश्वर थापाले चार पटकसम्म संघको नेतृत्व गरेको प्रसंग निकाल्दै नेपालमा सबै पदहरु लामो समयसम्म खाने चलन रहेको टिप्पणी गर्नुभयो । नेपालमा मन्त्री पनि लामो समयसम्म भइरहन पाए हुने र प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो भन्दै आफ्नो धारणा राख्नुभयो ।

पछिल्लो वाक्यमा केही वाक्यांश मिलाएर मन्त्री किराँतीले कतिपय स्थानमा आवश्यकता र बाध्यताले पनि हुनसक्ने बताउनुभयो । उहाँले वायुसेवा सञ्चालक संघ, नेपालमा सर्वसम्मतिले नेतृत्व चयन भएको भन्दै उहाँले पद छोड्नेले सानो मन गर्न नहुने समेत बताउनुभयो ।

मन्त्री किराँतीले केही उदाहरण दिँदै गौतमबुद्धले दरबार त्यागेर ठूलो हुनुभएको, नेलशन मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो हुनुभएको बताउनु भयो । उहाँले पुनः देउवाप्रति लक्षित गर्दै सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो नभएको भन्दै भद्दा टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हुनतः नेपालमा सबै पदहरु लामै खाने चलन छ । हाम्रो देशमा मन्त्री पनि लामै खान पाए हुन्थ्यो, प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो । तर यो आवश्यकता र बाध्यताले पनि हुनसक्छ । तर सौहाद्रपूर्ण ढंगले जसरी आफ्नो दायित्व हस्तान्तरण गुर्नभएको छ, यो संस्थाको संरक्षक भएर मार्गनिर्देशन गर्दै बस्नुहुनेछ । पद छोड्नेले सानो मन गर्नु पर्दैन । त्यागेर पनि ठूलो भइन्छ भन्नेकुरा संसारमा देखिएको छ । गौतमबुद्धले दरबार त्यागेर ठूलो हुनुभएको हो । नेलशन मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो हुनुभएको हो । आज पनि अमर हुनुहुन्छ । तर यहाँ सात पटक प्रधानमन्त्री भइसक्यो । अत्तोपत्तो छैन । महात्मा गान्धी पनि त राष्ट्रपति, प्रधानमन्त्री हुनुभएन । त्यसकारण पद मात्रै ठूलो कुरा होइन । जीवनमा गरेका योगदान मुख्य कुरा हो ।’ मन्त्री किराँतीले भन्नुभयो ।

मन्त्री किराँतीले हवाई क्षेत्र बिना पर्यटनको परिकल्पना गर्न नसकिने बताउनु भयो । उहाँले नेपालमा निजी क्षेत्रको व्यवसाय र लगानी भएपनि बजारमुखी नभएको जिकिर गर्नुभयो । उहाँले ऐन, कानून परिमार्जन गरी प्रणालीमा सुधार गर्नसके पर्यटन क्षेत्रमा धेरै ठूलो फड्को मार्नसक्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४