Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १७ २०८०
  • 5.6K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो ।

अर्कोतर्फ यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ । नेपाल भने १०५ औं स्थानमा छ ।

सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुआती दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि समेत जितेको थियो ।

जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप समेत खेलेको थियो । यस्तै तीनपटक एसियन गेम्स खेलेको छ ।

नेपालले भने अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुद हो । असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा नेपालले विश्वकप खेलिसकेको जापान र भियतनाम जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो ।

नेपालले एएफसी वुमन्स कप भने खेलेको छैन ।

जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ ।

यद्यपि नेपाली टोलीकी मुख्य सदस्य सावित्रा भण्डारी साम्बा भने फाइनल खेलमा उपस्थित हुने छैनन् । जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेपछि नेपालको फाइनल खेल गुमाउने भएकी हुन् ।

युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्रा नेपाली राष्ट्रिय टिमले आफैं इतिहास बनाउन लाग्दा भने टिमसँग नहुने भएकी हुन् ।

सावित्रा नभए पनि फुटबल टिम गेम भएकोले नेपाली टिमका अन्य खेलाडीहरुका लागि अब सावित्रा जस्तै चम्कने अवसर समेत छ ।

सावित्राले समूह चरणमा सिरियाविरुद्ध १, इराकविरुद्ध ४ तथा प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् । यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरेकी थिइन् ।

सावित्रापछि नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी छन् । अमिसा कार्की, अनिता बस्नेत, प्रीति राई र गीता रानाले समान एक/एक गोल गरेका छन् ।

नेपाल र जोर्डनको फाइनल यात्रा

नेपाल र जोर्डन फाइनलसम्म आइपुग्दा अपराजित छन् । दुवैले खेलेका चारै खेल जितेका छन् ।

नेपालले अहिलेसम्म १५ गोल गर्दा २ गोल बेहोरेको छ । समूह चरणमा नेपालले सिरियालाई ४-१ ले, इराकलाई ५-० ले तथा प्यालेस्टाइनलाई ४-० ले पराजित गरेको थियो ।

यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध एक गोलले पछि पर्दै पुनरागमन गरेर २-१ ले खेल जितेको थियो ।

उता जोर्डनले जम्मा एक गोल मात्र बेहोरेको छ भने १३ गोल गरेको छ । जोर्डनले साउदी अरेबियालई ३-१ ले, ग्वामलाई ३-० र लेबनानलाई २-० ले पराजित गरेको थियो । सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० ले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले सर्वाधिक ९ गोल गरेकी छन् । यस्तै जोर्डनकी मायसा जेबाराहले ५ तथा ग्वामकी मारिएह र लेबनानकी लिली स्कान्दरले समान तीन/तीन गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४