Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसलाई ओलीको प्रश्न : ८७ सिटले संविधान संशोधन हुन्छ त् ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १६ २०८०
  • 5.7K
    SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् ।

सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरेका छन्  । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरूले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाएका छन्  ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गरेका छन्  । उनले नेपाली काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताएका छन्  । नेपाली काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाई रहेको थियो ।

अध्यक्ष ओलीले भने ‘नेकपा एमालेसँग मेजरिटी छैन । हामी सरकार भन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन पहिलेदेखि पनि गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । त्यो उसको ८७ सिटले संविधान संशोधन हुन्छ ? नेकपा एमालेले नेपाली काँग्रेसलाई केमा सहयोग गर्ने ? प्रतिगमनका लागि नेपाली काँग्रेस जति प्रतिगामी सोच राख्छ, त्यसका लागि ? नेपाली काँग्रेस अग्रगामी सोचका साथ अघि बढिराखेको छैन । प्रतिगामी सोचका साथ अघि बढिराखेको छ । जनपक्षीय, प्रगतिशील हुनुपर्ने, अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि फर्कन खोजिराखेको छ नेपाली काँग्रेस ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रतिगामी सोच राखेकाले नेकपा एमालेले सहयोग गर्ने कुनैपनि ठाउँ नरहेको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४