Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सनातन हिन्दु राष्ट्रको मुद्दालाई आत्मसात नगरे पार्टीलाई क्षति पुग्छ : सांसद भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १२ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा आउनुपर्ने बताउनुभएको हो ।

सांसद भण्डारीले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताउनुभयो । उहाँले बहुमत महासमिति सदस्यहरुले सनातन हिन्दु राष्ट्रको पक्षमा समर्थन गरेको भएपनि पार्टी नेतृत्वले सो कुरालाई आत्मसात् नगरेको बताउनुभयो ।

उहाँले पार्टीले बहुमत महासमिति सदस्यको कुरालाई स्वीकार नगरेमा पार्टीलाई क्षति पुग्ने बताउनुभयो ।

सांसद भण्डारीले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकहरुले देशको स्वधर्मलाई अवलम्वन गरेका भन्दै नेपाल पनि सनातन हिन्दु राष्ट्र हुनुपर्ने बताउनुभयो । राजनीतिक स्वार्थका कारण सो मुद्दालाई ओझेलमा पार्नु नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४