Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रबल गुरुङको धोती प्यान्ट्स डिजाइनमा सजिइन् पप-क्वीन बियोन्से


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १० २०८०
  • 3.6K
    SHARES

काठमाडौं । नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन पहिरिन विश्व सेलिब्रेटी मरिहत्ते गर्छन् । हलिउड र बलिउडका ए-लिस्टर सेलिब्रेटीले उनको डिजाइनमा आफूलाई सजाइसकेका छन् ।

पप-क्वीन तथा अर्बपति गायिका बियोन्से गुरुङका पहिरनको पारखी हुन् । उनले यसअघि पनि प्रबलको डिजाइनमा आफूलाई प्रस्तुत गरिसकेकी छन् । फेरि पनि बियोन्सेले प्रबलको डिजाइनमा सजिएर विश्वको ध्यान आफूतिर आकृष्ट गरेकी छन् ।

हलिउड सहर लस एन्जलसमा आयोजित एक हेयर केयरको उद्घाटन समारोहमा प्रबलको डिजाइन लगाएर बियोन्से पुगेकी थिइन् । गुरुङको स्प्रिङ समर २०२४ को कलेक्सनबाट बियोन्सेले धोती प्यान्टको साथमा सेतो रङको रेशम कपास सारी, सुतीको सिल्क कुर्ता ब्लाउज पहिरिएकी छन् । प्रबलले बियोन्सेको आकर्षक फोटो सेयर गर्दै यो क्षण आफ्ना लागि विशेष रहेको उल्लेख गरेका छन् ।

‘२०२४ को वसन्तको कलेक्सन मेरा लागि हृदयस्पर्शी थियो, किनभने यसले पूर्व र पश्चिमलाई जोड्छ । यो दुई भिन्न ध्रुवका विचार, संस्कृति र आकारको संयोजन पनि हो । म यस्तो जादूयी क्षणलाई अन्वेषण गर्न रुचाउँछु,’ उनले लेखेका छन्, ‘पूर्वमा धोती-पटियाला प्यान्ट धेरै लोकप्रिय छन्, यद्यपि पश्चिममा यी पहिरन लगाउन धेरैलाई असहज भएको छ । अन्ततः मैले हासिल गर्न खोजेको भिन्न संसार, संस्कृति, महाद्वीप, विचारलाई जोड्ने यो सम्बन्धको प्रतीक बन्यो । बियोन्से मलाई मनपर्ने व्यक्ति पनि हुन् । आफ्नो संगीतमा जस्तै उनी निर्वाध रुपमा विभिन्न संस्कृति, शैली, सिलहुट, विधालाई पछ्याउँछिन् । तसर्थ, उनी विश्व संगीतमा शासन गर्छिन् ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४