Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यू-१९ विश्वकप : आज नेपालले बंगलादेशलाई हराउँछ ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १७ २०८०
  • 5.1K
    SHARES

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दिउँसो १ बजर ४५ मिनेटमा सुरु हुँदैछ ।

मंगलबार भारत र पाकिस्तानले जित निकालेपछि सुपर सिक्समा एउटा पनि खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिइसकेको छ । मंगलबारको खेल परिणामले सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सुपर सिक्सको पहिलो खेल बंगलादेशसँग खेल्न लागेको हो ।

बंगलादेशको भने गणितिय सम्भावना बाँकी छ । अघिल्लो चरणको यात्राका लागि बंगलादेशले नेपाल र पाकिस्तानविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जिते पनि चार अङ्क मात्रै हुनेछ ।

सुपर सिक्समा नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्दैछ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो । सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो ।

समूह चरणपछि सुपर सिक्स भनिएको प्रतिस्पर्धामा नेपालसहित १२ टिम सहभागी छन् । सुपर सिक्समा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन् ।

आज नेपाल र बंगलादेशसहित चार खेल हुँदैछन् । मंगलबार तीन खेल भइसकेका छन् । मंगलबार भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गरेको भारतले दुई सय ९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा न्युजिल्याण्ड ८१ रनमा नै अलआउट भयो ।

त्यस्तै अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै आयरल्यान्डले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पाकिस्तानले सात विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । जितसँगै भारत र पाकिस्तानको सेमिफाइनल यात्रा सहज भएको छ । मंगलबार भएको अर्को खेलमा श्रीलंकामाथि वेस्ट इन्डिजले तीन विकेटको जित निकालेको छ ।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू- १९ विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ । बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४