Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब दुनिया पागल केवल”पैंसाकै होस्”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ७ २०८०
  • 8K
    SHARES

तेसै कहाँ म भन्छु अब दुनिया पागल केवल पैसाकै होस् ।
मृत्यृ भए यिनको लास जलाउदा चिता पनि पैसाकै होस् ।

पैसा देखे देश चलाउनेहरुले कठ्ठै देशै बिर्सिए आज
र त भन्छु अब तिनलाई पोल्ने घाट पनि पैसाकै होस्

यिनले लसुन पचाए झै सुन पचाउँछन क्या मज्जाले
तेसैले त अब यिनका खाने परिकार पनि सुनकै होस्

धन हुदा गन्ने मान्ने कहलाउँछ यो समाज,आफन्त पनि
कमाउँन् जति सक्छन् अझै तर अभाव भने पैसाकै होस् ।

देशभित्रै कसैलाई नरक त कसैलाई संसार भएको छ यहाँ
हेर दलाल बनेका छन देशको मृत्यु यिनलाई नरककै होस् ।

अभिभावकत्व त खै जनता मार भएका छन् सरकार आज
दुनिया जिति फलिफाप हुन् तर पनि कमि पैसाकै होस् ।

युवा खाडि ,कर्मचारी भ्रष्ट, महिला सहभागिता मै सिमित रहे
काण्ड भन्दै अर्बौं रुपैयाँ निल्ने यिनलाई अपुग पैसाकै होस् ।

रेमिट्यान्सबाट भत्ता पचाई देश बनाउँछौ भन्ने उखान हेर
पुर्खाको बलिदानमाथि सौदा गर्ने यिनलाई कमि पैसाकै होस् ।

तेसै कहाँ म भन्छु अब दुनिया पागल केवल पैसाकै होस् ।
मृत्यृ भए यिनको लास जलाउदा चिता पनि पैसाकै होस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४