उ यस्तै होस् !
म हाँस्दा मजाक सधै उस्कै होस् !
म रुदा आँसु पुछ्ने हात सधै उस्कै होस् !!
म भन्दिन सधै सुख मै रहुँ
सधै हाँसो मै विलिन बनु
परे दुखैमा रमाउला नि तर
दुखमा साथ सधै उस्कै होस् !
म हाँस्दा मजाक सधै उस्कै होस् !!
कहिकतै भुल होला मबाट पनि
भुलबाटै त सिक्ने अवसर मिल्छ
भुल हो भैहाल्यो भनि सम्झाए
पक्कै बुझौला नि मै पनि
भुल हुदा गरेको रिसमा माया उस्कै होस् !
म हाँस्दा मजाक सधै उस्कै होस्!!
कति कमिकमजोरि होला म भित्र
कति कुरामा अनविज्ञ पनि तर
यि सबै स्विकार गर्दै मेरा
कमजोरीमा पर्दा लगाउने हात उस्कै होस् !
म हाँस्दा मजाक सधै उस्कै होस् !!
उ मेरै हो भनि दुनियालाई चिनाउन सकुँ
उस्को लागि पनि म मात्र एक बनुँला
जे पर्छ मिलेर टारौला बरु तर मेरो
प्रेम प्रश्नको उत्तरमा नाम केबल उस्कै होस् !
म हाँस्दा मजाक सधै उस्कै होस् !!
साथ जिवनपरान्त सम्मै दिउँला
दुख पर्दा उस्ले सम्झने शब्द म बनुँला
आएका बाधा साथमै पार गरुँला तर
निदाउँदा बिउँझिदा अनुहार सधै उस्कै होस् !
म हाँस्दा मजाक सधै उस्कै होस् !!
म हाँस्दा मजाक सधै उस्कै होस् !
म रुँदा आँसु पुछ्ने हात उस्कै होस् !!