Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीएसजी र पोर्टो च्याम्पियन्स लिगको नकआउट चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २८ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डसँग १-१ को बराबरी खेले पनि पीएसजी समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डर्टमण्ड यसअघि नै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगिसकेको छ ।

डर्टमण्डको घरेलु मैदानमा करिम एडेयमीले ५१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ५६औं मिनेटमा पीएसजीका लागि १७ वर्षीय वारेन जेइरे एमेरीले बराबरी गोल फर्काए ।

यसै समूहको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई पराजित गर्दै समान ८ अंक जोडेपनि मिलान गोल अन्तरमा पछि पर्‍यो । मिलान र न्युकासल समूह चरणबाटै बाहिरिए । ५ अंक जोडेर न्युकासल चौथो स्थानमा रह्यो ।

यसैगरी समूह एचमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई ५-३ ले हराउदै पोर्टो समूह उपविजेता बनेर नकआउट चरणमा पुगेको हो । पोर्टोले ६ खेलबा६ १२ अंक जोड्यो ।

यसअघि नै नकआउट चरणमा पुगिसकेको बार्सिलोना भने रोएल एन्तवर्पसँग अन्तिम खेलमा ३-२ ले पराजित भयो । यद्पयी १२ अंक नै जोडेको बार्सिलोना समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

पीएसजी र पोर्टोले अन्त्मि १६ मा स्थान बनाएपछि नकआउट चरण पुग्ने १६ वटै टोलीको टुङ्गो पनि लागेको छ ।

अब अन्तिम १६ चरणको ड्र यही १८ डिसेम्बरमा स्विट्जरल्याण्डको नियोनमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४