Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २७ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा आज पुछारका दुई टोली वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दैछन् ।

प्रतियोगितामा वीरगञ्जको यो पाँचौ खेल हो भने इलामको छैटौं खेल हो । पाँच खेलबाट ४ अंक जोडेको इलाम तालिकाको आठौ स्थानमा रहँदा चार खेलबाट २ अंक मात्रै जोडेको वीरगञ्ज नवौं अर्थात पुछारमा छ ।

वीरगञ्ज आज पहिलो जितको खोजीमा हुँदा इलाम दोस्रो जित निकाल्न चाहन्छ । एनएसएल फुटबलमा मंगलबार झापा एफ.सी.ले पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराउँदै झापाले पहिलो जित दर्ता गरेको हो । झापाका लागि खेलको ३९औँ मिनेटमा योर्गे सान्चेजले निर्णायक गोल गरे ।

यो जितसँगै ५ खेलबाट ६ अंक जोडेको झापा लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ । शीर्षस्थानमा पुग्ने अवसर गुमाएको बुटवल ७ अंकसहित पाँचौं स्थानमा यथावत छ । पहिलो स्थानको ललितपुरको ९ अंक छ भने ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४