Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगनको प्रश्न : काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २४ २०८०
  • 2.9K
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू कुशासनका कारण आक्रान्त भएको बताएका छन् ।

आइतबार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको बताए ।

उनले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए । उनले काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै प्रश्न गरे ।

उनले भने ‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई र्यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ । केही समय अघिसम्म एउटा काण्ड जताततै थियो । सुन काण्ड थियो, नक्कली भुटानी शरणार्थी प्रकरण थियो । अब एनसेल काण्ड आयो । अब यो केही दिन यही चल्छ । यो सेलाउन पाएको छैन, अर्को आउँछ ।

यो काण्ड कुशासनसँग जोडिएको छ । कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ । शासन हामीले गरिरहेका छौँ । सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो । त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् । यति धेरै काण्डहरू किन भइरहेको छन् ? जरामा के छ ? समस्या कहाँनेर छ ? के कारणले गर्दा आएको छ ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ ।’

महामन्त्री थापाले काँग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४