Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ७ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । सिरहामा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुवै मोटरसाइकलका चालकले हेलमेट नलगाएर मोटरसाइकल चलाएको बताइएको छ । दुर्घटनामा घाइते भएका १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि विराटनगर लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४