Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाको जित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ६ २०८०
  • 7.9K
    SHARES

काठमाडौँ । अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको ६३औँ मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ८१औँ मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो ।

यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको ६ खेलमा १५ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । ब्राजिलको भने विश्वकप छनौटमा यो तेस्रो हार हो । ६ खेलमा २ खेल जितेको ब्राजिलले एक बराबरी खेलेको छ र अंकतालिकामा छैटौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४