Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वदलीय बैठकमा दलहरुले सरकारलाई भने- उद्धारमा ढिलाइ नहोस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज २२ २०८०
  • 5K
    SHARES

काठमाडौं । राजनीतिक दलहरुले सरकारलाई इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थलमा लैजाने गरी उद्धारमा गम्भीर भएर लाग्न सुझाव दिएका छन् ।

स्वदेश फर्किन चाहानेहरुलाई तुरुन्तै जहाज पठाएर नेपाल ल्याउने प्रबन्ध गर्न पनि माग गरेका छन् । इजरायलको युद्धमा फसेका नागरिकलाई उद्धारमा ढिलाइ गर्न नहुनेमा दलहरुको जोड छ ।

सरकारले इजरायलमा नेपालीहरु मारिने गरी भएको घटनाबारे छलफल गर्न सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा सरकारले मन्त्रिपरिषदबाट भएका निर्णय र सरकारी प्रयासहरुबारे जानकारी गराएका थिए ।

बैठकमा दलका नेताहरुले सरकारलाई निर्णयहरुलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरेको नेकपा माओवादीका संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘दलका नेताहरुले आधिकारिक ठाउँबाट सही सूचना सम्प्रशेण गर्न अनुरोध गर्नुभयो,’ उनले सञ्चारकर्मीसँग भने । कांग्रेस संसदीय दलका प्रमुख सचेतक राष्ट्रिय पीडाको अवस्थामा जताततै त्रासको अवस्था रहेको भन्दै अब अगाडि कसरी बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए ।

‘जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न पहल कदमी लिन सरकारलाई अनुरोध भएको छ, मृत्युवरण गरेकाहहरुको शव यथाशक्य छिटो नेपाल झिकाएर परिवारजनलाई बुझाउन पनि सरकारलाई दलहरुले ध्यानाकर्षण गराएका छन्,’ लेखकले भने, ‘इजरालयमा थप हुनसक्ने घटनालाई ध्यानमा राखेर त्यहाँको सरकारसँग कुटनीतिक पहलमार्फत सुरक्षाका विषय सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।’

फर्किन चाहनेको नामावली छिटो संकलन गरेर फर्काउनुपर्ने उनले बताए ।

माओवादीका सचेतक पाण्डले सर्वदलीय बैठकले १० जना नेपालीको निधन हुने गरी भएको इजरायलका घटनामा सबै देश र पार्टी एकै ठाउँमा छ छन् भन्ने सन्देश दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४