Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिबियामा स्वास्थ्य संकटको जोखिम, हिलोमा पुरिएका हजारौं शवबाट महामारी फैलिने खतरा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १ २०८०
  • 1.9K
    SHARES

एजेन्सी । बाढीग्रस्त लिबियामा स्वास्थ्य संकटको जोखिम बढेको छ ।

बाढीबाट मृत्यु भएकाकाहरुको शव अझै पुर्ण रुपमा संकलन गर्न मुश्किल भएका कारण स्वास्थ्य महामारीको संकट आउन सक्ने चेतावनी जारी गरिएको हो । बाढीबाट बढी प्रभावित सहर डेर्नामा अझै आवासिय क्षेत्रका हिलोमा शवहरु रहेको र ती क्षेत्र खाली नगरे स्वास्थ्य समस्या देखिन सक्ने बताईएको छ । लिबियामा आएको बाढीमा परि अहिलेसम्म ११ हजार ३ सय बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले लिबियालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बाढीग्रस्त शहर डेर्नाको भ्रमण गर्नुभएका लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथिलीले आर्थिक सहयोगको घोषणा गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदन अनुसार उक्त शहरमा अझै १० हजार मानिस बेपत्ता छन् । ड्यानियल नामक आँधी पछी भारी बर्षाका कारण बाँध फुटेर शहरमा पसेपछी बिनास मच्चिएको हो । बाढीका कारण ४० हजार मानिस बिस्थापित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४