Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३१ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । एसिया कपको फाइनलमा आज भारत र श्रीलंकाबीच भिडन्त हुँदैछ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा फाइनल खेल नेपाली समय अनुसार अपराह्न ३: १५ बजेदेखि सुरु हुने भएको हो ।

सुपर फोरमा दुवै टिमले २-२ खेल जितेर फाइनलको यात्रा तय गरेका हुन् । भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग हार बेहोरेको थियो । श्रीलंकाले पाकिस्तान र बंगलादेशलाई हराएको थियो भने भारतसँग हार बेहोरेको थियो ।

अहिलेसम्म एसिया कपको इतिहासमा श्रीलंका १२औँ पटक फाइनलमा पुगेको छ भने भारत १०औँ पटक फाइनल खेल्दै छ । त्यसैगरी अहिलेसम्म पाकिस्तानले ५ र बंगलादेशले ३ पटक एसिया कप फाइनल खेलेका छन् ।

खेलाडीको इन्जुरीले दुवै टिमलाई समस्यामा पारेको छ । भारतका अक्सर पटेल फाइनल खेल खेल्न नसक्ने भएका छन् भने श्रीलंकाका महीश थीक्साना पनि घाइते भएका कारण फाइनल खेल्न नसक्ने भएको बताइएको छ ।

कोलम्बोमा आइतबार वर्षाको अनुमान गरिएकाले फाइनल खेल अवरुद्ध हुन सक्ने देखिएको छ । फाइनल खेलका लागि एक दिन रिजर्भ डे को व्यवस्था गरिएको छ । यद्यपि सोमबार पनि वर्षा हुने मौसम पूर्वानुमान रहेकाले फाइनल खेल पुरा नहुने आशंका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४