Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीलाई तारेखमा छोड्न आदेश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २४ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको अभियोगमा पक्राउ परेकाहरुलाई अदालतले धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चारजना पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य र ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो ।

उनीहरुबिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

कसलाई कति धरौटी?

केशव तुलाधर,साधारण तारेखमा रिहा

शिवजी भट्ट–३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

कलाधर देउजा –१५ लाख

घमन कुमार कार्की– ७ लाख ५० हजार

गोपाल कार्की –७ लाख ५० हजार

विनोद पौडेल– १५ लाख

योगराज पौडेल– ७ लाख ५० हजार

नारायणराज मिश्र –७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ –७ लाख ५०

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

बाबुराजा महर्जन– १ लख १० हजार

देवनारायण महर्जन – १ लाख १०

सकलानन्द महर्जन– १ लाख १० हजार

सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकरि घिमिरे –७ लाख ५० हजार

मीनबहादुर गुरुङ– २ करोड ४६ लाख रुपैयाँ धरौटी माग ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४