Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला क्रिकेटमा कतारमाथि नेपालको सहज जित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १८ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । कतारलाई हराउँदै नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा सोमबार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन जोड्यो । उसका लागि साची धडवालले सर्वाधिक २१ रन बनाइन् ।

बलीङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् । जवाफमा ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर पार गर्‍यो । नेपालको लागि काजल श्रेष्ठले ३२ रन जोड्दा इन्दु बर्माले अविजित २० रन तथा सिता रानामगरले अविजित १७ रन जोडिन् ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । समूहको अन्तिम खेलमा नेपालले बुधवार युएईसँग खेल्नेछ । उक्त खेलले समुह विजेताको टुंगो लगाउनेछ ।

सन् २०२४ मा हुने महिला टि–ट्वेन्टी विश्वकपका लागि भईरहेको एसियाली छनौटबाट फाइनलमा पुग्ने दुई टोली अर्को वर्ष हुने ग्लोबल छनौटमा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४