Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, इन्दुले लिइन् एकै ओभरमा ३ विकेट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १८ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । इन्दु बर्माले एकै ओभरमा तीन विकेट लिए पनि आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा कतारले नेपाललाई जितका लागि ७५ रनको दिएको छ ।

मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जहाँ कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो ।

कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् ।

एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।

नेपालका लागि किफायती बलिङसमेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलम विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।

यसअघि लगातार तीन खेल जितिसकेको नेपालले यो खेल जितेमा यूएईसँग समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४