Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १३ २०८०
  • 4.9K
    SHARES

काठमाडौं । एसिया कप क्रिकेटमा आज बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ ।

खेल पाकिस्तानको मुल्तानमा नेपाली समय अनुसार आज दिउसो सवा ३ बजे सुरु हुनेछ । पाकिस्तानविरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ । एक दिवसिय विश्व वरियतामा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने नेपाल १५ औं स्थानमा रहेको छ ।
नेपालले एसिया कप क्रिकेटमा सहभागिता जनाउने अवसर पाएको यो पहिलो पटक हो । एसियाको यो प्रतिष्ठित क्रिकेट प्रतियोगिताको १६ औ संस्करण पाकिस्तान र श्रीलंकाले संयुक्तरुपले आयोजना गर्दैछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्नेछ । ६ टोली सहभागि एसिया कपको समुह ए मा नेपाल, भारत र पाकिस्तान तथा समुह बि मा श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् । गत बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित रुपमा च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको हो ।

एसिया कपका खेलहरु आजदेखि भदौं ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछन् । प्रतियोगिताका १३ मध्ये ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४