Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीले राप्रपालाई छाड्यो विकास समितिको नेतृत्व, माधवको सट्टा दीपक सिंह उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १० २०८०
  • 1.8K
    SHARES

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र आफूले पाएको एउटा संसदीय समितिको सभापति राप्रपालाई छाडेको छ ।

माओवादी केन्द्र र राप्रपाबीचको सहमतिअनुसार पूर्वाधार विकास समितिको सभापतिमा दीपक सिंह उम्मेदवार बनेका छन् । माओवादीका तर्फबाट सभापतिका उम्मेदवार माधव सापकोटा चाहिँ सिंहको प्रस्तावक बनेका छन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागवण्डामा माओवादीले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो । माओवादी केन्द्रबाट सापकोटा पूर्वाधार विकास र विमला सुवेदी कानुन समितिको सभापतिको उम्मेदवार बन्ने तय भइसकेको थियो ।

तर राप्रपा नेताहरुले प्रधानमन्त्रीलाई भेटेर एउटा समितिको सभापति आफूले पाउनुपर्ने बताएका थिए । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संसदको पाँचौ दल भएकाले एउटा समितिको नेतृत्व पाउनुपर्ने बताए ।

प्रधानमन्त्री त्यसमा सहमत भए । राप्रपाले पूर्वाधार विकास समितिको सभापति लिने सहमति भयो । राप्रपाले मकवानपुर १ बाट निर्वाचित दीपक सिंहलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो । माओवादीबाट सभापतिको उम्मेदवार बन्ने तय भएका सापकोटा चाहिँ सिंहको प्रस्तावक बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४