Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश श्रेष्ठको पहिलो निर्णय : स्वचालित प्रणालीबाट तारिख


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ५ २०८०
  • 5.4K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाल गरेलगत्तै स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

मंगलबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनी सर्वोच्च अदालत पुगेर पदबहाल गरेका थिए । पदबहाल लगत्तै उनले स्वचालित प्रणालीबाट तारिख व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।

मुद्दाका पक्षहरुले कहिले तारिख लिने भन्ने बारेमा यसअघि कर्मचारीहरुले नै निर्णय गर्ने व्यवस्था थियो’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘अब स्वचालित प्रणालीले नै तारिख तोक्नेछ । मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बार लगायतका आधारमा स्वचालित प्रणालीले आफैं तारिखको दिन तोक्नेछ ।’

मुद्दाको तारिख दिने क्रममा कतिपय सेवाग्राहीले गुनासो र शंका गर्थे । स्वचालित प्रणाली सुरू गरेपछि त्यो पनि कम हुने अपेक्षा रहेको प्रवक्ता पौडेलले बताए ।

गोला प्रक्रियाबाट इजलास चयन र मुद्दा तोक्ने पद्धति भने यथावत् रहेको उनले बताए । सर्वोच्च अदालतले सफ्टवेयरबाट मुद्दा व्यवस्थापन गर्दै आएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू: 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४