Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपको उपाधिका लागि भिड्दै इङ्ल्यान्ड र स्पेन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३ २०८०
  • 5.5K
    SHARES

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुने भएको हो ।

घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्नेछ । यसअघि स्पेनले स्विडेनलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् ।

यस पटक महिला विश्वकपले नयाँ विजेता पाउने भएको छ । अहिलेसम्म सबैभन्दा बढी चार पटक विश्वकप जितेको अमेरिका राउण्ड १६ मै स्विडेनसँग पराजित हुँदै बाहिरिएको थियो भने दुई पटक विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । एक पटक विश्वकप जितेको नर्वे राउण्ड १६ मा जापानसँग पराजित भएर बाहिरिएको थियो भने एक पटक विश्वकप जितेको जापान क्वाटरफाइनलमा स्विडेनसँग पराजित हुँदै बाहिरिएको थियो ।

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४