Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘हल्का रमाइलो’को पछिल्लो शृंखलामा बल्छी धुर्बेको हिरासतदेखि रिहाइसम्मको कथा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ९ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । प्रसारण रोकिएको डेढ महिनापछि अन्ततः टिभी सिरियल ‘हल्का रमाइलो’को प्रसारण सुरु भएको छ । दर्शकले आइतबार बेलुका हिमालय टिभीबाट सिरियलको १८८ औं श्रृंखला हेर्न पाए ।

यो एपिसोड बल्छी धुर्वेमय रह्यो । वान–एक्स बेट प्रकरणमा पक्राउ परेदेखि अदालतको आदेशमा रिहाइसम्मको यात्रालाई निर्देशकसमेत रहेका बल्छी धुर्वेले यो श्रृंखलामा प्रस्तुत गरेका छन् । उनले यो श्रृंखलामार्फत गल्तीप्रति माफी माग्दै अदालतको आदेशलाई सम्मान गर्ने समेत बताएका छन् ।

पछिल्लो एपिसोडमा बल्छी धुर्वेलाई मात्र देखाइएको छ भने राजु मास्टर देखिएका छैनन् । एक महिना प्रहरी हिरासतमा बस्दाखेरिको पीडा, सामाजिक सञ्जालमा चलेको हल्ला, नेताले देखाउने स्वार्थदेखि परिवारमा परेको असर लगायतका सन्दर्भ यसमा प्रस्तुत गरिएको छ । युट्युबमा सार्वजनिक भएको १९ घण्टामै यो एपिसोडलाई चार लाखभन्दा बढी पटक हेरिएको छ ।

‘हल्का रमाइलो’को पछिल्लो एपिसोडमा उत्तम केसी नेताको भूमिकामा देखिएका छन् । सिरियलमा सविता गुरुङ, कृष्ण सिवाकोटी, डोल्मा लामा, अनिता बस्नेत, कमला रेग्मी, रजनी गुरुङ, पुजन घिमिरे लगायत पनि देखिएका छन् । हल्का रमाइलो आइतबार बेलुका ८ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुन्छ ।

यसैबीच, हिमालय टिभीबाट आउने हिमालय रोडिजको प्रसारण साउन १५ गतेदेखि सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४