Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एयरपोर्टबाटै गृहमन्त्रीलाई ओलीको चेतावनी- तपाईँमाथि मुद्दा किन नहाल्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ९ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । कम्बोडियाबाट फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग अध्यक्ष ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्तप्रति आपत्ति जनाउँदै सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका हुन् ।

अध्यक्ष ओलीले गृहमन्त्रीले विमानस्थलको सुरक्षा गर्न नसकेको आरोप लगाए । ‘एयरपोर्टको सुरक्षा गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?,’ उनले भने, ‘ क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ अनि गृहमन्त्री कोटाका गालामा काँक्राको बिया टाँस्दै हिँड्ने ? यो अनैतिक क्रियाकलाप हो अत्यन्तै गैरजिम्मेवार क्रियाकलाप हो ।

ओलीले आफ्नो संलग्नता छ कि छैन भनेर स्पष्ट पार्न गृहमन्त्री श्रेष्ठलाई चुनौती दिए । ‘सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला ? उहाँको संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ । को छ यसमा, यत्तिकै कोटाका गालामा काँक्राको बिया टाँस्ने होइन,’ अध्यक्ष ओलीले अगाडि भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु गृहमन्त्रीको हैसियतले उहाँले बोल्दाखेरि तरिका पुर्‍याएर बोल्नुपर्छ । हद भयो यो, जथाभाबी बोल्ने गृहमन्त्री भएर ?

उनले जबाफदेहिताको कुरा उठाए मुद्दा हाल्न गएको भन्दै आपत्ति जनाए । ‘गृहमन्त्रीलाई जथाभाबी बोल्ने छुट छैन, अरू कसैले जबाफदेहिताको कुरा उठाए मुद्दा हाल्न जाने ? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने ? उहाँको पत्रिका (नयाँ पत्रिका)ले सुरुमै लेख्नू, च्याम्बरको अधिवेशनका खिचेको फोटो छाप्नु अत्यन्तै गैरजिम्मेवार ढंगले यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ ध्यान कता मोड्न खोजेको ? के छोप्न खोजेको ? यहाँ चिल देखाएर यता के लुकाउन खोजिँदैछ,’ उनले भने म नयाँ पत्रिका गृहमन्त्री जस्ताहरूलाई सोध्न चाहन्छु ।’

अध्यक्ष ओलीले भने कसैले पनि भ्रष्टाचार गर्ने र संरक्षण गर्ने काम गरेको भए नछोडिने बताए । ‘यो सुन काण्डको सिलसिला अन्तिमसम्म नपुर्‍याईकन हामी पनि छोड्दैनौँ । गृहमन्त्रीलाई थाहा होस्, तपाईँहरूले यो पुर्‍याइदिनुस् गृहमन्त्री कहाँ । पहिले पनि सुन तस्करी हुने गरेको थियो खनेर निकालेको हो हामीले फेरि पनि यस्ता कुराहरूलाई हामी खनेर ननिकालेसम्म छोड्दैनौँ,’ उनले भने, ‘यसमा कारबाही के हुन्छ ? हामी हेरिरहेका छौँ, कसमाथि कारबाही हुन्छ ? को जिम्मेवार हुन्छ ? बोक्न त प्लेनले बोक्यो होला, गाडीले बोक्यो होला, भरियाले बोक्यो होला ? बोकाउने को हो ? प्रश्न यो हो, त्यसकारण ढाकछोप हुन सक्दैन ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४