Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २१ २०८०
  • 2.2K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. असार २१, २०८० । ई.सं. ०६ जुलाई २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म । बिहीबार श्रावण कृष्णपक्ष । तिथि तृतीया १०:२८ बजेसम्म, त्यसपछी चतुर्थी । नक्षत्र श्रवण ०७:१० बजेसम्म, त्यसपछी धनिष्ठा । योग विष्कम्भ ०८:२९ बजेसम्म, त्यसपछी प्रीति । करण भद्रा १०:२८ बजेसम्म, त्यसपछी वव २१:१३ बजेसम्म, त्यसपछी वालव । चन्द्रराशि मकर । आनन्दादि योग ध्वज । दिनमान १३:४६ । सूर्योदय ५:१५ । सूर्यास्त १९:०१ । भद्रा १०:२८ सम्म, ध.पञ्चक १८:२० देखि । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य २|१९|५|३२ । चन्द्र ९|२२|११|३ । मंगल ४|२|८|३० । बुध २|२७|३|४८ । बृहस्पति ०|१७|७|२० । शुक्र ३|२६|५९|३१ । शनि १०|९|५०|५६ । राहु ०|५|२७|४७ । क्रान्ति उ २२|४४ । वेलान्तर (+)४:२५ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेका कमजोरी बाहिर आउनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेकाे स्थितिमा सुधार आउनाले आशा जाग्नेछ। नयाँ कामकाे अवसर प्राप्त हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउन सक्छ। साँझतिर पुरानाे समस्या समाधान हुनाले विशेष फाइदा हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य आम्दानी बढ्नेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। साँझतिर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर हुनाले काम गर्न समय लाग्नेछ। उपलब्धिविहीन काम गर्नुपरे पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझतिर उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायमा सामान्य आम्दानी भइरहनेछ। तर विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ र कामकाे चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश विवादास्पद काममा अलमलिनुपर्ला। द्वन्द्वले फजुल खर्च निम्त्याउन सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला। साेखले खर्च बढाउन सक्छ। काम पूरा नभए पनि साँझमा मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझदेखि प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग रहनुहाेला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धा बढ्नेछ तापनि साँझतिर व्यवसायमा लाभ हुनेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। बिना योजना काम थाल्दा दु:ख पाइनेछ। तापनि, शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर पनि प्राप्त हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग सम्पर्क हुनेछ। साँझतिर परिस्थितिवश काम राेकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू भेटिनेछन्। विदेश तक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। साँझतिर आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्न सक्छ। मिहिनेत गर्दा चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सानाेतिनाे यात्राकाे सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४