Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गैरकानूनी थुनामा राखिएको दाबीसहित तीन आरोपित सर्वोच्चमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १४ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् ।

राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानूनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरिन्छ । उनीहरु तीनै जनाले आफूहरुलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन् ।

हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ । उनीहरु तीनैजनाको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

ललिता निवास जग्गा अनियमिततामा मुछिएकाहरुमध्ये १७ जनाले १५ महिनाअघि नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर बसेका थिए । जसमध्येका ३ जना पक्राउ परेकै दिन गत मंगलबार रिहा भएका हुन् । त्यही बाटो समाउन अरु आरोपितहरु पनि बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।

सर्वोच्च अदालत गएकामध्ये भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङमाथि सरकारी कर्मचारीहरुलाई प्रलोभनमा पारी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोप छ । ललिता निवासको केही जग्गा उनी र उनी आवद्ध कम्पनीको नाममा आएको थियो ।

त्यो जग्गामा उनले भाटभटेनीले भवन निर्माण गरेर त्यहाँ आफ्नो गोदाम बनाएको छ । उनको परिवारका सदस्यको नाममा समेत ललिता निवासमा जग्गा छ । उनीमाथि ‘सरकारी सार्वजनिक जग्गा मस्यौट गर्ने कार्यमा विचौलियाको भूमिका खेलेको’ आरोप छ ।

धर्मप्रसाद गौतम जग्गा प्रशासनका कामकारबाहीमा पोख्त रहेका कर्मचारी हुन् । उनले नक्कली कागजात तयार पार्न सहयोग गरेको चार वर्षअघि अख्तियारको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । आरोप अनुसार, उनले नक्कली मोही बनाई उनीहरुको नाममा जग्गा सारिदिए बापत नातेदारको नाममा जग्गा ‘घुस’ लिएका थिए ।

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहमाथि जग्गा अनियमितताका लागि विचौलियाको भूमिका खेलेको र राणा परिवारको नाममा जग्गा गएपछि पत्नी उर्मिला शाहको नाममा जग्गा नै घुस लिएको आरोप छ । जग्गा अनियमितता हुदा तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । उनले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४