Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : सञ्चारमन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १२ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताउनुभएको छ ।

मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रविद्धता अनुसार अघि बढिरहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कामय गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताउनु भयो । उहाँले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा प्रक्राउ गरिएको बताउनुभयो । मन्त्री शर्माले सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउने भन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले बालुवाटार जग्गा प्रकरण लामो समयदेखि अनुसन्धानले प्रमाण पुर्‍याएको आधारमा अघि बढेको बताउनुभयो । उहाँले अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४