Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज समाजवादी मोर्चाको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८०
  • 1.1K
    SHARES

काठमाडौं । सत्ता सहयात्री दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ता बाहिरको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको ती दलका शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणा गर्ने निर्णय गरेका हुन् ।

आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिबद्धतापत्र, साझा न्यूनतम कार्यक्रमलगायतका कार्यक्रमसहित मोर्चा घोषणा गर्न लागिएको हो । संगठनात्मक आचारसंहिता पछि तय गर्ने भनेर सहमति पत्रमा नै लेख्ने तयारी भइरहेको बताइएको छ ।

मोर्चामा रहने तीन दलका ५४ जना सांसद पुग्ने भएकाले सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सामूहिक बार्गेनिङका लागि मोर्चा बनाउन लागिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४