Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सुनुवाइ समितिमा सवाल जवाफको कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । संसदीय सुनुवाई समितिमा शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफको कार्यक्रम राखिएको छ ।

बिहीबारदेखि सुनुवाइमा उपस्थित हुनुभएका कार्कीसँग शुक्रबार समितिका सदस्यहरुले प्रश्नहरु गर्ने छन् । सुनुवाइ बिहान ८ बजेदेखि शुरु हुदैछ । कार्की विरुद्ध समितिमा २९ वटा उजुरी परेका छन् ।

बिहीबार पहिलो पटक समितिमा उपस्थित हुनु भएका कामु प्रधानन्यायाधीश कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । २० पेज लामो लिखित प्रतिवद्धता पेश गर्ने क्रममा उहाँले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेस सुनाउनुभयो ।

अदालतमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यप्रति शुन्य सहनशीलताको नीति अवलम्वन, अनुगमन तथा सुपरीवेक्षण र निगरानीमुलक संयन्त्रको क्रियाशीलतामार्फत अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न पहल गर्ने पनि उहाँको भनाइ थियो ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू भएपछि न्याय निरुपण सहज बनेको दाबी गर्दै उहाँले गोलाप्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताउनुभयो ।

कार्कीले गोला प्रथाबाट पेशी तोक्ने नियमले देशभर राम्रो सन्देश प्रवाह भएको भन्दै खुशी प्रकट गर्दै भन्नुभयो– ‘गोला प्रणालीबाट सर्वोच्च, उच्च र जिल्ला अदालतमा पेसी व्यवस्थापन गर्दा मुद्दाको फछ्र्याैटमा सकारात्मक परिणाम आएको छ ।’

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । कार्कीमाथिको संसदीय सुनुवाई शुक्रबारबाट शुरु भएको हो ।

शनिबार बिहान ८ बजे पुनः बैठक बसेर समितिका सदस्यहरुले कार्कीसँग जिज्ञासा राख्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४