Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शरीर जोडिएका जुम्ल्याहाको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २४ २०७७
  • 5.7K
    SHARES

वासिङ्टन । शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निधन भएको छ । उनीहरुको ६८ वर्षको उमेरमा निधन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्यागेका छन् । उनीहरुका भाई जिमले निधनको खबरको पुष्टि गरेका छन् ।
उनीहरुको अन्य कुनै रोगले नभई प्राकृतिक मृत्यु भएको जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो । उनीहरुले सानै उमेरेदेखि सर्कसमा काम पाएका थिए । असहाय भएपनि उनीहरु निकै परिश्रमी थिए । ३ वर्षकै उमेरदेखि सर्कसमा जोडिएका उनीहरुले सन् १९९१ सम्म त्यो काम गरेका थिए ।
त्यसपछि उनीहरु आफ्ना भाइ बुहारीसँग बस्दै आएका थिए । भाई जिम र उनकी पत्नीले जुम्ल्याहाको राम्रो हेरबिचार गर्दै आएका थिए । रोनी र डोनीले सन् २०१४ मा ६३ वर्षको उमेर पार गरेसँगै जीवनको सबैभन्दा लामा यात्राको कीर्तिमान बनाएका थिए । त्यसअघि यो रेकर्ड अमेरिकी मूलका चेङ र बंकरको नाममा थियो । उनीहरु ६२ वर्ष बाँचेका थिए ।
सन् २०१० मा रोनी र डोनीको नाममा टिएलसी च्यानलले एउटा वृत्तचित्र बनाएर प्रसारण गरेको थियो । उनीहरु दुई भाईको पेट जोडिएको थियो । उनीहरुको कम्मरदेखि तलको भाग एउटै र कम्मरभन्दा माथि दुई जना थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४