Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

” हिमाली क्षेत्रमा हिमपातसंगै बिहानैबाट काठमाडौंमा पानी पर्न थाल्यो “


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 4.5K
    SHARES

काठमाडौं /  पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली भएर अकिकाशं स्थानमा वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम, कर्णाली, गण्डकी प्रदेशका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ को थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यसैगरी आज राति पनि देशभर मौसममा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाको मौसम पनि बदली रहने र छिटफुट वर्षा हुने महाशाखाले जनाएको छ ।

आज बिहानैबाट काठमाडौंमा हल्का वर्षा भएको छ । काठमाडौंको तापक्रम आज बढी नै भएपनि हल्का वर्षा भएपछि थप चिसो बढेको छ । देशका उच्च भेगमा हिमपात र बर्षा हुने सम्भावना रहेकोको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउनहुन पनि महाशाखाले अनुरोध गरेको छ ।

‘बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ। महाशाखाका अनुसार बुधबारबाट मात्रै मौसम सफा रहने छ ।

काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४