Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनकोसीमा गाडी खस्दा सिटिइभिटीका तीन कर्मचारी बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा सिटिइभिटीको गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खसेको हो ।

गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलुवालले जानकारी दिनुभयो ।

गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमप्रसाद भूर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय खुर्कोटमा रहेको प्रहरी टोली घटना स्थलमा पुगिसकेको र आफू सहितको टोली पनि घटना स्थलतर्फ जाँदै गरेको सिलवालले जानकारी दिनुभयो । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४