Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनलाई सदस्यता दिने विषयमा नाटो सैन्य बैठक निर्णयविहिन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 1.5K
    SHARES

एजेन्सी । नाटोसँग नजिकिएकै कारण रुसी आक्रमण परेको युक्रेनले युद्धले क्षतिविक्षत हुँदा पनि नाटोको सदस्यता पाउने नपाउने भने अझै पनि अन्यौलमा परेको छ ।

माल्दोभामा आयोजित युरोपेली युनियनको राजनीतिक कमिटिको बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाटो र इयुको सदस्यताको माग पुनः उठाउनुभयो ।

जेलेन्स्कीको उक्त मागमा सदस्य राष्ट्रहरुबीच भने मतभेद देखियो । जेलेन्स्कीले रुससँग सिमाना जोडिएका सवै देशलाई नाटोको सदस्यता दिनुपर्ने मागसमेत अघि सार्नुभएको छ ।

उता, नर्वेमा आयोजित नाटोको सैन्य समितिको बैठकमा पनि युक्रेनलाई तत्काल सदस्यता दिने विषयमा सहमति जुट्न सकेन । बैठकमा नाटो महासचिव जेन्स स्टोलटेन्बर्गले नाटो सदस्यता कसलाई दिने नदिने विषयमा रुसको भिटो नचल्ने बताए पनि युक्रेनले कहिले सदस्यता पाउँछ भन्ने चाहीँ खुलाउनु भएन ।

विशेषगरी अमेरिका र जर्मनी युक्रेनलाई नाटो सदस्यता दिँदा उत्पन्न हुनसक्ने रुसी प्रतिक्रियाप्रति चिन्तित रहँदै आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४