Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टर्कीको राष्ट्रपतिमा एर्दोगान लगातार तेस्रो कार्यकालका लागि निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १५ २०८०
  • 1.8K
    SHARES

एजेन्सी । टर्कीको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनुभएको छ ।

हालै सम्पन्न दोश्रो चरणको निर्वाचनमा ५२ प्रतिशतभन्दा बढी मत ल्याएर एर्दोगानले आफ्ना मुख्य प्रतिद्वन्द्वी रिपब्लिकन पिपुल्स पार्टीका उम्मेदवार केमाल किलिचदारोग्लुलाई पराजित गर्नुभएको हो ।

किलिचदारोग्लुले ४७ दशमलव ८६ प्रतिशत मत प्राप्त गर्नुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यो जीतसँग एर्दोगान लगातार तेस्रो कार्यकालका लागि टर्कीमा राष्ट्रपति बन्नुभएको छ ।

सन् २००३ मा टर्कीको प्रधानमन्त्री बने यता शक्तिमा रहनुभएका एर्दोगान सन् २०१४ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । टर्कीमा गत मे १४ तारिखमा भएको चुनावमा कसैले बहुमत ल्याउन नसकेपछी आइतबार दोश्रो चरणको मतदान भएको थियो ।

राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै देशबासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले देशमा व्याप्त मुद्रास्फीतिको समस्या समाधान मुख्य प्राथमिकतामा रहेको बताउनुभयो । एर्दोगानको पुनः निर्वाचनलाई अमेरिकासहित पश्चिमा शक्तिहरुका लागि धक्काको रुपमा विश्लेषण गरिएको छ ।

नाटो गठबन्धनमा रहेर पनि पश्चिमाहरुको निर्देशन नमान्ने एर्दोगानको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ट सम्बन्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४