Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लकडाउनमा रिक्सा चालकहरुको बिचल्ली, सरकारसमक्ष राहतको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २२ २०७७
  • 2.8K
    SHARES

काठमाडौं। काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनले लकडाउन काकारण आफूहरु ठूलो मारमा परेको तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो पोखेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले पर्यटन व्यवसाय हाल ठप्प भएको र तत्काल खुल्ने (चल्ने) सम्भावना पनि नभएकोले मजदुरको जीवन यापनमा झन समस्या थपिएको जनाएको छ। यस्तो अवस्थामा राज्यले आफूहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
संगठनले विभन्न ६ बुँदे माग अघि सारेको छ । मजदुर प्रायः सुकुम्बासी र घर जग्गा नभएका कोठा भाडामा लिएर बस्न सक्ने क्षमता समेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका निमुखा अबोला गरिब असहायहरु भाएकोले निजहरुको पहिचान गरि गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने संगठनको माग छ।
नेपालका सबै राजनीतिक दलहरुले मजदुरहरुको एजेण्डा उठाएर नेतृत्वमा पुगे पनि आजमजदुरहरु भने जहाँकात्यहीँ रहेको उनीहरुको गुनासो छ । संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने, ‘आज मजदुरहरु सडकमै छौं। हामीलाई भर्याङ बनाउने काममात्रै भयो । तर, हाम्रा दुःख, पीडामा कसैले पनि मल्हम लगाउने काम गरेनन् ।’
आफुहरुको हकहितको न्यूनतम सुविधाको बारेमा समेत राजनीतिक पार्टी वा सरकार कसैले नहेरेको उनीहरुको दुःखेसो छ । विश्वकर्माले आफुहरुलाई राज्यले हेर्नुपर्ने बताए।
उनले कतिपय मजदुरहरु पर्यटन व्यवसाय सञ्चालन हुँदा कोठा भाडामा लिएर आफ्नो श्रीमती बालबच्चाको पालनपोषण गरिरहेका थिए । हालको बन्दाबन्दीको अवस्थाले घरधनीले घर भाडा तिर्न नसकी घरधनीले भाडा रकम नतिरे घर कोठा छोडिदेउ भनि यातना दिएको, श्रीमती बालबच्चालाई खाने, लगाउने र पढ्नसम्मको व्यवस्था मिलाउन नसकेकोले राज्यबाट निःशुल्क पठनपाठन, बन्दाबन्दीको अवधिको भाडा छुट र श्रमिक मजदुरहरुले श्रम गरी खानपाउने व्यवस्था गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै संगठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका सदस्य टिका परेल, रिक्सा चालकहरु सानु कान्छा तामाङ र विकास परियारले आ–आफ्नो भनाई राखेका थिए । उनीहरुले सरकारले यस्तो दुःखमा परेकाहरुलाई उचित राहत दिनुपर्ने आवाज उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४