Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आज, उपाधिका लागि २४ सुन्दरी प्रतिस्पर्धामा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । मिस नेपाल २०२३ ले शनिबार बेलुकासम्म नयाँ विजेता प्राप्त गर्नेछ । यसवर्षको ग्राण्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

२४ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमध्येबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थजस्ता तीन ठूला विधाको विजेता घोषणा हुनेछन् ।

१२ सहविधाको समेत घोषणा हुनेछ । फिनालेमा चर्चित नेपाली रकस्टार अभया सुब्बाले एकल सांगीतिक प्रस्तुति दिनेछिन् ।

नयाँ मिस नेपाललाई अघिल्लो वर्षकी विजेता प्रियंकारानी जोशी, मिस इन्टरनेसनललाई न्यान्सी खड्का र मिस अर्थलाई सरिशा श्रेष्ठले ताज लगाइदिनेछन् । हिडन ट्रेजरले अन्तिम तयारी पुरा भएको जनाएको छ ।

फिनालेको होस्ट मोडल तथा टिभी होस्ट सहाना बज्राचार्यले गर्नेछिन् भने पत्रकार, खेलाडी, कलाकार, उद्यमीसहितका ११ जना निर्णायक रहेका छन् । मिस नेपाल प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४