Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैयाले लिए शपथ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 2.7K
    SHARES

एजेन्सी । कर्नाटकको मुख्यमन्त्रीमा भारतीय कांग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले शपथ लिनुभएको छ ।

सिद्धारमैयाले आज (शनिबार) कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको हो । साथै कांग्रेस प्रदेश अध्यक्ष डीके शिवकुमारले उपमुख्यमन्त्रीका रूपमा शपथ लिनुभयो । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेंगलुरुको कांतिरवा रंगशालामा शपथ लिएका हुन् ।

शपथग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित थिए । शपथ ग्रहण कार्यक्रममा तमिलनाडुका मुख्यमन्त्री स्टालिन, बिहारका मुख्यमन्त्री नीतीश कुमार, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री कमलनाथ उपस्थित रहेका थिए । जनता परिवारबाट राजनीतिक यात्रा सुरु गरेका सिद्धारमैया सन् २००६ मा कांग्रेसमा आबद्ध हुनुभएको थियो । उहाँ जनता दल (सेक्युलर ) छाडेर कांग्रेसमा आउनुभएको थियो ।

यही मे १० मा भएको चुनावमा भाजपालाई हराउँदै कर्नाटकमा कांग्रेस पुनः सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कांग्रेसले १३५ स्थानमा जित हात पारेको छ । यसअघि सन् २०१८ मा १०४ सिटमा जित हात पारेको भाजपा भने यसपटक ६६ सिटमा खुम्चिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४