Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सय दिनको बाचा ३० दिन नपुग्दै पूरा भयो : रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । संघीय सांसद रवि लामिछानेले एक सय दिनको बाचा ३० दिन नपुग्दै पूरा भएको बताएका छन् । उनले बिहान सामाजिक सञ्जालमार्फत जुगेडिको पानी रामनगर चौरमा आइपुगेको बताएका हुन् ।

दैनिक सयौँ नागरिक सहभागी भएर चितवनमा पानी ल्याउने कामलाई निरन्तरता दिइरहेको उनले उल्लेख गरेका छन् । ‘हाम्रा सांसदहरू निर्वाचन क्षेत्रमा पुग्न समेत भ्याएनन् । म आफैँ पनि आफ्नो निर्वाचन क्षेत्रमा पुग्न सकिन । तर पनि दैनिक सयौँ नागरिक सहभागी भएर चितवनमा  पानी ल्याउने कामलाई निरन्तरता दिँदै हुनुहुन्छ,’ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका लामिछानेले भनेका छन्, ‘मैले १०० दिन समय तोकेको थिएँ ।

आज ३० दिन पनि पुगेको छैन । जुगेडिको पानी रामनगर चौरमा आइपुगेको छ । यति चाडै रामनगर सम्म पानी ल्याउन रातदिन नभनि खटिनुभएका सबै जना विशेष गरी रामनगरका बासिन्दा र श्रमदान गर्नुहुने सम्पूर्ण चितवनका बासिन्दाहरूमा म विशेष धन्यवाद प्रकट गर्दछु ।

बजेट अधिवेशनलगत्तै आफूहरू मैदानमा देखिने उनले बताए । ‘आज तपाईँ मैदानमा खटिदा हामी यो देशको भविष्य निर्माणमा खटिन पाएका छौँ । भनेको दिन भित्र चितवनले पानी पाउँछ । भनेको समयमा देशले मुहार फेर्न सुरु गर्छ । बजेट अधिवेशनलगत्तै हामी मैदानमा देखिनेछौ, फरक शैली र जिम्मेवार ढङ्गमा,’ उनले अगाडि भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४