Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फरार सांसद कोइरीको बिरामी बिदा अस्वीकृत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १६ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ ।

शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो ।

केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाउनुभएको थियो । त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा सांसद कोइरीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाउनुभएको थियो । तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको थियो ।

दोस्रो बैठकमा सभामुख घिमिरेले सांसद लक्ष्मी कोइरीको बिरामी बिदा अस्वीकृत भएको सन्देश सुनाउनुभएको थियो । साथै, प्रतिनिधि सभाको आगामी अधिवेशनमा कोइरीबारे कानुनबमोजिम कारबाही गर्ने सभामुखको प्रतिबद्वता जनाउनुभएको छ ।

बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा भने स्वीकृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४