काठमाडौंं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं.-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्थविद डा. स्वर्णिम वाग्लेले अग्रता कायम गर्नु भएकाे छ ।
निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार करिब ५ हजार मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहनु भएकाे छ ।
पछिल्लो मतपरिणाम अनुसार अर्थविद डा.स्वर्णिम वाग्लेले २७६५ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १२८५ मत प्राप्त गर्नुभएकाे छ ।
२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं .-१ मा करिब ५२ प्रतिशत मत खसेको छ ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो ।