Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्यटकलाई निम्ता दिँदै पञ्चासे सुनाखरी पदयात्रा कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ४ २०८०
  • 6.5K
    SHARES

पोखरा । पर्यटकलाई निम्ता दिँदै पञ्चासे सुनाखरी पदयात्राको सन्देशमुलक कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई पञ्चासे अवलोकन र पदयात्राका लागि आह्वान गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको आयोजना पञ्चासे इको टुरिजमले गरेको थियो ।

पञ्चासे क्षेत्र पर्यापर्यटन, पर्यावरण विचरण, ग्रामीण पर्यटन र अध्ययन/अनुसन्धानका लागि समेत उपयुक्त गन्तव्य रहेको सन्देश दिँदै धेरैलाई पञ्चासे क्षेत्रमा पदमार्ग पर्यटनका निम्ति आह्वान गर्नु कार्यक्रमको मूल उद्धेश्य रहेको आयोजक पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष नवराज पौडेलले बताए। अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीबाट सुरुवात भएको कार्यक्रम पैदल पदयात्रा हुँदै पञ्चासे टाँडीबिसौनी भन्ने ठाउँमा पुगेर औपचारिकतामा प्रवेश गरेको थियो । सोही समारोहमा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पञ्चासे जैबिक बिबिधता पार्कको समुद्घाटन समेत गरिएको थियो।

पदयात्रा र पार्कको उद्घाटन अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले गरेका थिए । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आईन्दल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ, पोखरा २३ का वडाध्यक्ष रामकाजी गुरुङ, अन्नपूर्ण गाउँपालिका २ का वडाध्यक्ष पिताम्बर भण्डारी, ५ का वडाध्यक्ष जीवनाथ पौडेल, समाजसेवी सुन्दर गुरुङ, लक्ष्मी पौडेल, आश बहादुर गुरुङ, रुपेश गुरुङ, हिरालाल गुरुङ, सहायक बन अधिकृत तिलक बहादुर थापा, सञ्चारकर्मी राजु गिरी, बहादुरे माबिका प्रधानाध्यापक रामप्रसाद पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

साँस्कृतिक भेषभुषामा सजिएर सैयौँको संख्यामा उपस्थित स्थानीय र आगन्तुक पाहुनाहरुको लाबालस्कर पदयात्रामा निस्कदा ईन्द्रेणी रङ्गझै पञ्चासे सुनाखरी पदमार्ग रङ्गिएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले पञ्चासे पदमार्ग विकास र पर्यापर्यटन प्रबर्द्धनमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अबसरमा प्रदेश बन निर्देशक रामकाजी श्रेष्ठले पञ्चासेको पदमार्ग पर्यटन र पर्यावरण संरक्षण अभियानलाई सँगसँगै लैजान सके यो क्षेत्र शान्त पर्यटनको महत्त्वपूर्ण उद्गम केन्द्रका रुपमा विकास हुने भन्दै जैबिक विविधता संरक्षणमा लाग्न आह्वान गरेका थिए ।

पदयात्रा र पार्कको उद्घाटनसहित सोअवसरमा नेपाल मेडिकल स्टुडेन्ट एशोसियसनको आयोजनामा पञ्चासे स्वास्थ्य शिबिर समेत आयोजना गरिएको थियोभने पञ्चासे ईको टुरिजम द्वारा सञ्चालित पञ्चासे टेन्ट क्याम्प (सानो घर) को पनि सुभारम्भ गरिएको थियो । कार्यक्रमले पञ्चासे एकपटक होइन पटकपटक र पर्यटनका अनेक आयामका लागि पुग्नुपर्ने गन्तव्यस्थल रहेको सन्देश दिन सफल रहेको आयोजकले जनाएको छ।

आयोजक संस्था पञ्चासे ईको टुरिजम प्रालिले विगत केही बर्षदेखि पञ्चासेको पर्यटन विकास ,प्रबर्द्धन र पर्यावरण संरक्षणमा काम गर्दै आईरहेको पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४