Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ४ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले दिएको १७८ रनको लक्ष्य पछाएको राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

राजस्थानको जितमा कप्तान सन्जु सामसनले ६० र शिमरन हेटमेयरले अविजित ५६ रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले २६, ध्रुव जुरेलले १८ र आठ आश्विनले १० रन बनाएका थिए । गुजरातका बलर मोहमद सामीले ३ विकेट लिए भने राशिद खाँले २ विकेट तथा हार्दिक पाण्डेय र नूर मोहमदले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । गुजरातका लागि डेविड मिलरले सर्बाधिक ४६ रन बनाए भने शुभमन गीलले ४५ रन बनाएका थिए । त्यस्तै कप्तान हार्दिक पाण्डेयले २८ रन बनाए भने अभिनव मनोहरले २७ रनको योगदान दिएका थिए ।

साइ सुदर्सनले २०, रिद्धिमान शाहले ४ रन बनाएका थिए । राजस्थानका बलर सन्दीप शर्माले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, एडम जाम्पा र युजवेन्द्र चहलले एक एक विकेट लिए ।

यो जितपछि राजस्थान अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानको ५ खेलमा ८ अंक भएको छ । त्यस्तै गुजरातको ५ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४