काठमाडौं । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा. न. ४ को बेतालीमा ज्यादै दु:खद घटना भएको करिव दुइ महिना भएको छ, घट्ना हत्या हो या आत्महत्या हो भन्ने कुरा अझै सम्म गुपचुप बनाउने खेल हुदैछ ।
के हेर्दैछ रामेछापको जिल्ला प्रहरी प्रशासन के गर्दैछन जनप्रतिनिधिहरु कहिले हुन्छ अब अनुसन्धान के प्रहरीले सर्बसाधारण जनतालाई दु:ख मात्रै दिन जानेको छ कि अनुसन्धान पनि गर्दैछ रामेछापको जिल्ला प्रहरी कार्यलय के गर्दै छ बेतालिको प्रहरी चौकी कि तलब भत्ता मात्रै पकाउने काम हुदैछ । हत्या र आत्महत्या के हो हामीले अहिले यसै भन्न सक्दैनौं अनुसन्धान हुदैछ भन्ने बहाना बाजी कहिले सम्म हुने हो ? । अनुसन्धान कहिले सकिन्छ ।
गोकुलगंगा गाउँपालिका वडा न. ४ को बेतालीमा आधा शरिर जलेको अबस्थामा ७१ वर्षिय एक जना बृद्धको लास फेला परेको पनि करिव दुइ महिना हुन् लाग्यो तर अहिले सम्म अनुसन्धान हुन् सकेको छैन । घरमा एक्लै बस्दै आएकी ७१ बर्षिय बृद्ध महिलाको लास आधा शरिर जलेको अवस्थामा फेला परेको थियो ।
घर परिवारका अरु सदस्यहरु विना अर्काको घरमा एक्लै बस्दै आएकी ७१ बर्षिय पद्म कुमारी खड्कालाई साँझको समयमा हत्या गरेर आधा शरीर जलेको अबस्थामा त्यहाँका स्थानीयले देखेको बताएका छन् । चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रिले लास छोपेर राखेको अबस्थामा देखेपछि प्रहरीमा खबर गरेको त्यहाँका स्थानीयले हामीलाई जानकारी दिएका हुन् ।
तर अहिले सम्म हत्या हो कि आत्महत्या हो भनेर प्रहरीले भन्न सक्दैनौ अनुसन्धान गर्दैछौ हामी बुझ्दैछौ भन्दा कति सम्म जायज हुन्छ किन अनुसन्धानलाई फितलो बनाउदै छ प्रहरी प्रशासन के यहाँ प्रहरी कसैको दबाबमा परेको त् छैन ?
घटनाको सूचना पाउना साथ रामेछाप जिल्लाका प्रहरी प्रमुखको नेतृत्वमा प्रहरीको टोली बेताली पुगेको थियो । तर उक्त टोलीले स्थानिय बासीहरुसंग सोधपुछ गरि लास प्रकृति मुचुल्का गराई मृतक बृद्धको लासको पोष्टमार्टम गरेको पनि करिव दुइ महिना हुन् लाग्यो तर अझै सम्म अपराधी पत्ता लगाउने काम के भईरहेको छ ।
घटना घटे संगै घटनाको वास्तविकता बुझ्न आबश्यक अनुसन्धान शुरु गरिएको तर अझै अनुसन्धान सकिएको छैन घटना स्थलमा पुग्नु भएका सूचना अधिकारी प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभएको हो ।