Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसदले उठाएका जनसरोकारका विषयमा मन्त्रीले जवाफ दिने व्‍यवस्था गर्न माग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 1.4K
    SHARES

काठमाडौं। सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराए ।

उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मुकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराए ।

उनले भने, ‘संसद जनताको समस्या पोख्ने थलो हो यो । जनताको समस्याका बारेमा यहाँ हामी पोख्छौं। तर, सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा त्यो संसदप्रति कस्तो धारणा बन्ला । त्यसैले सभामुख महोदय, म गम्भिरतापूर्वक अव आईन्दा हरेक दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले यहाँ उठेका प्रश्नहरुको उत्तर दिने खालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् भन्ने माग गर्दछु।

सांसद पाण्डेले संसदप्रति सरकारलाई जवाफदेही बनाउन पनि मन्त्रीहरुले सांसदहरुले संसदमा उठाएको प्रश्नहरुको अनिवार्य जवाफ दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४