Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्टरभ्याली ह्विलचेयर बास्केटबल सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २३ २०७९
  • 1.9K
    SHARES

आर्मीको विजयी सुरुवात नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा आजबाट त्रिपुरेश्वरस्थित कभर्डहलमा इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ मा सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको संघिय साँसद सन्तोष चालिसेले एक कार्यक्रमविच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै साँसद चालिसेले फरक क्षमता रहेका खेलाडीहरुको पारा खेललाई प्रार्थमिकतामा राखेर आफुले आवाज उठाउने बताए ।

दुई दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल  त्रिभुवन आर्मी क्लब  बुद्धिसरा इन एक्सन  र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब  गरि ५ टिम रहेका छन् । यस्तै महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन बुद्धिसरा इन एक्सन ओमेन ह्विलचियर बास्केटबल एशोसियसन र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल गरि ४ टिम रहेका छन् ।

आज भएको खेलमा पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । टिएसीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई २६ – २१ अंकको अन्तरले पराजित ग¥यो । यस्तै पुरुष तर्फको अर्को खेलमा आयोकज नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६ – १३ अंकले पराजित ग¥यो । अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७ – १२ ले पराजित ग¥यो ।

महिला तर्फको खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ओमेन ह्विलचियर बास्केटबल एशोसियसन संग १० – १६ ले पराजित भयो । यस्तै अर्को खेलमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपालले बुद्धिसरा इन एक्सनलाई ६ – २ अंकले पराजित ग¥यो । को सहभागिता रहेको छ । पुरुष तर्फको ५ टिमलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराईएको छ । उपाधीका लागि चार टिमविच सेमिफाईनल र फाईनल खेल खेलाईनेछ । यस्तै महिला तर्फ राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गरिने र उत्कृष्ट दुई टिमविच उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्ति बहादुर बस्नेत, नेपाल बास्केटबल संघका अध्यक्ष भिम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

न्यौपानेको अध्यक्षतामा बेसबल तथा सफ्टबल तदर्थ समिति गठन

राष्ट्रिय खेलकुद परिषद्ले दीपक न्यौपानेको अध्यक्षतमा परिषद्मा दर्ता रहेको नेपाल बेसबल तथा सफ्टबल संघको १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्वन्धी मापदण्ड पुरा गरि ३ (तीन) महिना भित्र विधान मस्यौदा तयार गरि परिषद्को स्विकृतीमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ ।

तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार खत्री, चार उपाध्यक्षमा बिपिन बज्राचार्य, रमिता अधिकारी, राम कुमार खड्का र नारायण घर्ती रहेका छन् । यस्तै महासचिवमा प्रदीप शाह र कोषाध्यक्षमा उपेन्द्र विक्रम लामा रहेका छन् । सदस्यहरुमा संगम अर्याल, दामोदर फुयाल, सुरेन्द्र थपलिया, शिव कुमार खड्का, तिलक ढुंगाना, रोशन थापा, सृजना पौडेल खत्री, निरोज श्रेष्ठ, हरी धमला र दिपेन्द्र कार्की रहेका छन् ।

झापा जिल्ला आमन्त्रण चेस सुरु

झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गरे । स्वीस लिगको आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए ।

पहिलो दिन दुई चरणको खेल सकिँदा राजन सुबेदी, विकास मैनाली, विश्व विजय घिमिरे,विक्रम सिंघक,हिमाल राई र उमेस राईको दूइृ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४